राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापित रवि लामिछानेको काम आज पुगे आजै हुनेभएको छ ।
Advertisement
शुक्रबार कार्यालय समय २ बजेसम्म भए पनि जिल्ला अदालत रुपन्देही आउँदै गरेका रवि लामिछानेको काम आजै हुने बताएका छन् ।
जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार जिल्ला अदालत रुपन्देहीले अदालतसमक्ष उपस्थित गराउन प्रहरीलाई आग्रह गरेपछि जुनसुकै समयमा अदालत आए पनि काम हुने जानकारी दिएका छन् ।
“हामीले प्रहरीलाई रवि लामिछानेलाई ल्याइदिन भनेका थियौँ । सोहीअनुसार, प्रहरीले समन्वय गरेर ल्याउँदै छ । हामीले कार्यालय समय भनेर बस्ने कुरा हुँदैन । हामीले बोलाएपछि काम गर्नैपर्छ । आज आए आजै हुन्छ ।” उनले भने ।

