राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच एकता र सहमति भएको छ।
सात बुँदे सहमतिअनुसार चुनाव चिन्ह, झण्डा र नीति रास्वपाकै रहनेछ भने निर्वाचनपछि बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइनेछ।
यस मिलनले कांग्रेस, एमाले र नेकपा जस्ता पुराना दलमाथि दबाब बढाएको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ। विश्लेषक केशव दाहालले यस सहकार्यले पपुलिजम बढाउँदै केही समय ‘जङ्क पोलिटिक्स’ हाबी हुने टिप्पणी गर्नुभएको छ ।
उता, एमाले नेताहरूले रवि–बालेन सहमतिको आलोचना गर्दै यसलाई देश अस्थिर बनाउने प्रयास भनेका छन्। कांग्रेस र नेकपाले भने यस सहमतिले आफूहरूलाई खास असर नपार्ने दाबी गरेका छन्।
रवि–बालेन मिलनलाई कसैले आशाको संकेत मानेका छन् भने कसैले स्पष्ट नीति र कार्यक्रमबिनाको गठबन्धन भन्दै शंका व्यक्त गरेका छन्।
#PRD0820913

