नेपाली अष्ट्रेलियन अभिभावक कल्याण समाज, नेपाल केन्द्रीय कार्यालयको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार भरतपुर–४, वैदिक नगर चोकमा सम्पन्न भएको छ ।
संस्थाका कार्यवाहक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष विदुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख मेयर रेनु दाहाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा बोल्दै मेयर दाहालले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले संस्थालाई तत्काल जग्गा उपलब्ध गराउन नसकिए पनि संरचना निर्माणका लागि महानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा संस्थाका कार्यवाहक अध्यक्ष विदुर केसीले संस्थाको आफ्नै जग्गा र भवन नहुँदा भाडामा बस्नुपरेको अवस्थाबारे जानकारी गराउँदै जग्गा उपलब्ध गराउने वा भवन निर्माणमा सहयोग गर्न मेयर दाहालसमक्ष आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतिष्ठानका बौद्धिक व्यक्तित्व तथा गैरआवासीय नेपाली संघ (एनआरएन) का सोम सापकोटा विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष लेखनाथ बास्तोलाले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाको कार्यपत्र शान्ता प्रभा खनालले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण भोजराज सेन्चुरीले गर्नुभएको थियो ।
साधारणसभा तथा अधिवेशन कार्यक्रममा विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रका व्यक्तित्व, संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यसैबीच नेपाली अस्ट्रेलियन अभिभावक कल्याण समाज नेपालको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट विदुर केसी सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनुभएको छ।
शनिबार सम्पन्न अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा लेखनाथ बास्तोला, प्रथम उपाध्यक्षमा मोहन नरसिंह बोगटी र द्वितीय उपाध्यक्षमा भोजराज सेन्चुरी चयन हुनुभएको छ।
यस्तै, महासचिवमा कृष्णबहादुर खड्का, सचिवमा सुखदेव ढकाल, कोषाध्यक्षमा भीमा गौतम तिवारी र सह–कोषाध्यक्षमा कल्पना कार्की चयन हुनुभएको छ।
कार्यसमितिका सदस्यहरूमा दिपक प्रसाद अधिकारी, छविलाल सुबेदी, उषा खरेल सुवेदी र बुद्धिप्रसाद चापागाई चयन हुनुभएको हो । कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष विदुर केसीको अध्यक्षता र भरतपुर महानगर प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।
नवगठित कार्यसमितिले अस्ट्रेलियामा रहेका नेपाली अभिभावकहरूको हकहित, आपसी सहकार्य तथा सामाजिक कल्याणका क्षेत्रमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

