स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यसहित पुष २५ गतेदेखि नारायणी नदी किनारमा नारायणी एक्स्पो २०८२ आयोजना हुने भएको छ।
Advertisement
एक्स्पोका बारेमा रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लिले भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
संस्थाका अध्यक्ष विकल क्षेत्रीका अनुसार एक्स्पोले चितवनको आर्थिक गतिविधि चलायमान बनाउँदै स्थानीय उद्यमीलाई आफ्ना सीप र उत्पादन प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ।
एक्स्पोमा करिब २०० व्यवसायिक स्टल, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, नेपाली कला–संस्कृति, खानपान र मनोरञ्जन रहनेछ।
संयोजक पाल्देन लामाका अनुसार करिब २ लाख दर्शक आउने अनुमान गरिएको एक्स्पोमा साढे ३ करोड रुपैयाँ खर्च हुनेछ। आकर्षणका रूपमा लण्डन, पेरिस, कश्मीरी भ्याली र अमेरिकाको झल्को दिने संरचना निर्माण गरिनेछ। एक्स्पो माघ १० गतेसम्म सञ्चालन हुनेछ।

