नेपाली कम्युनिस्ट पार्टीले चितवन क्षेत्र नं. ३ काे उम्मेदवार रेनु दाहालकाे निर्वाचन लक्षित घरदैलाे कार्यक्रम अन्तर्गत आज साँझ माडीकाे बसन्तपुरमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरेकाे छ ।
Advertisement
यहि फागुन २१ गतेकाे प्रतिनिधि सभाकाे निर्वाचन-२०८२ मा दाहाललाई विजयी गराउने उद्देश्य सहित चितवनका विभिन्न ठाउँमा राष्ट्रिय कलाकारहरू सहित सांस्कृतिक कार्यक्रम गरिएकाे हाे ।
दाहालले यसअघि भरतपुर महानगर प्रमुख हुँदा गरेका विकास निर्माणका कामहरूलाई भिडियाेमा प्रस्तुत गरि विकासका माध्यमबाट मतदाताहरूकाे मत जित्न नेकपा लागिपरेकाे छ ।#PRD821109
