केपी शर्मा ओली र रमेश लेखक विरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सर्वोच्च अदालत मा सुनुवाइ हुँदैछ।
Advertisement
आइतबार न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। हिजो प्रतिवादीका पक्षका वकिलहरूले बहस गरेका थिए।
जेनजी आन्दोलनसम्बन्धी घटनामा गठित आयोगको सिफारिसपछि चैत १४ गते पक्राउ परेका उनीहरूमाथि ज्यानसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। पक्राउविरुद्ध उनीहरूका परिवारले सर्वोच्चमा रिट दायर गरेका छन्।
यसैबीच, काठमाडौं जिल्ला अदालतले थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
