चितवन उद्योग संघको आयोजनामा दशौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८२ आजदेखि सुरु भएको छ।
Advertisement
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो। स्वदेशी उत्पादन प्रवर्द्धन, आयात प्रतिस्थापन र निर्यात वृद्धि लक्ष्यसहित आयोजना गरिएको प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रसहित विभिन्न उद्योग र “मेक इन नेपाल स्वदेशी अभियान” मा आवद्ध संस्थाहरूको सहभागिता रहेको छ।
निःशुल्क प्रवेश रहेको प्रदर्शनीमा “नेपालको वर्तमान औद्योगिक अवस्था र भावी गन्तव्य” विषयमा प्यानल छलफल समेत आयोजना गरिएको आयोजकले जनाएको छ । सो प्रदर्शनी यही चैत २९ गते सकिदैछ ।
