भरतपुर महानगरपालिका वडा स्तरीय किक्रेट टुर्नामेन्ट प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले जितेको छ ।
खेलकुद संसार युथ क्लबको आयोजनामा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आज भएको फाइनल प्रतियोगितामा वडा नम्बर ४ लाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
विजेत वडा नम्बर ३ले एक लाख र उपविजेता बनेको वडा नम्बर ४ ले पचास हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गरेका छन् । विजेता टिमलाई भरतपुर ३-का वडाध्यक्ष विकास थापाले ट्रफि र नगद वितरण गरे ।
फाइनल प्रतियोगितमा १ सय ४१ रनको विजय लक्ष्य पाएको वडा नम्बर ३ले १९ दशमलव ३ ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । प्रतियोगितामा ६२ बल खेलेका प्रशान्त महतले ७८ रन बनाएर अविजित रहे । त्यस्तै क्याप्टेन विकल कुमार गुप्ताले १४, सुरज अधिकारी र सौरव क्षेत्रीले समान ११/११, रुविन शर्माले ८ र गौतम केसीले ७ रन बनाए । बलिङ तर्फ वडा नम्बर ४का दिपेश श्रेष्ठले ३ र सन्तोष न्यौपानेले १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको वडा नम्बर ४ ले २० ओभरमा १ सय ४० रन मात्र बनाउन सक्यो । उसका सन्तोस न्यौपानेले सर्वाधिक ४५ रन बनाए । त्यस्तै ओपनर ब्याटस्म्यान अभिमन्यू पटेलले २४, सन्देश सुवेदीले २०, राजन केसीले १४, दिपेश कुमार क्षेत्रीले ८, राजन महतोले ७, दिपेश श्रेष्ठ र राजन श्रेष्ठले समान २/२ रन बनाए । तर त्यो रन जित तर्फ अगाडि बढ्न सकेन । वडा नम्बर ३का प्रशान्त महतले २, गौतम केसी, सौरभ क्षेत्री र विकल कुमार गुप्ताले समान १/१ विकेट लिए ।विजेता बनेको वडा नम्बर ३ समुह चरणमा वडा नम्बर १३, ८, ५ र सेमिफाइनलमा वडा नम्बर १८लाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । फाइनल खेलको म्यान अफ दि म्याज वडा नम्बर ३का प्रशासन्त महत भएका छन् ।
यस्तै वडा नम्बर ३का रविन शर्माले प्रतियोगिताको म्यान अफ दि म्याच र वेस्ट ब्याट्म्यानको उपाधि समेत जितेका छन् । बलिङ तर्फ पनि वडा नम्बर ३कै सौरभ क्षेत्री उत्कृष्ट चयन भएका छन् । प्रतियोगितामा आर्थिक सहयोग भरतपुर महानगरपालिकाले गरेको थियो ।
