गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा समावेश गर्न योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई पोखरामा सम्मान गरिएको छ।
Indigenous Peoples Forum, Nepal को आयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई अभिनन्दन गरिएको हो।
नेपाल मगर संघ र तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदसँगको समन्वयमा ‘गण्डकी प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८२’ निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका नेताहरूलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो।
सम्मानित हुनेहरूमा तत्कालीन सामाजिक विकास मन्त्री बिन्दु कुमार थापा तत्कालीन आर्थिक योजना मन्त्री टेकराज गुरुङ नेपाली कांग्रेसका तत्कालीन मुख्य सचेतक तथा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नन्दा प्रसाद न्यौपाने नेकपा एमालेका तत्कालीन मुख्य सचेतक तथा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री गोविन्द बहादुर नेपाली सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ नेकपाका प्रमुख सचेतक कुसुम बुढा मगर तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता पंचराम गुरुङ रहेका छन्।
मञ्चका अध्यक्ष रेशम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिलारीबन्धु भुजेल, मनोज गुरुङ र पूर्ण रानामगरले पनि मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले भाषिक अधिकार, पहिचान र समावेशीताको संरक्षणका लागि यस्तो ऐन ऐतिहासिक कदम भएको बताएका छन्।
