माडीमा जारी तेस्रो माडी सांस्कृतिक तथा पर्यटन उत्सव–२०८३ लाई सभ्य र भव्य रुपमा सफल बनाउन आज सोमबार सर्वदलिय र सर्वपक्षिय बैठक सम्पन्न भएको छ ।
माडी कला केन्द्रको आयोजनामा गत बैशाख ३ गतेबाट सञ्चालित उत्सवको सन्दर्भमा केही संचार माध्यम तथा सामाजिक संजालमा आएका अफवाह र समाचारको खण्डन गर्दै यस उत्सवलाई सफल पार्न सबैले आ–आफ्नो ठाउँबाट लाग्ने लिखित प्रतिबद्धता जनाउनुभएको हो ।
माडीको बसन्तपुरस्थित होटल प्याराडाइजमा सम्पन्न बैठकमा बागमती प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकाल, माडी नगरपालिकाको नगर प्रमुख ताराकुमारी काजी महतो, माडी नगरपालिकाको नगर उप-प्रमुख खेम प्रसाद महतो, माडीका प्रमुख राजनैतिक दल रास्वपा, नेपाली काङग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा प्रमुखहरु त्यस्तैगरि उत्सवसंग प्रत्यक्ष सरोकार राख्नुहुने माडी नगरपालिका वडा नं. ३, ४ र ५ का वडाध्यक्ष, होटल व्यवसायि संघ माडी, माडी कला केन्द्रका अध्यक्ष हरिकृष्ण लामिछाने ले संयुक्त हस्ताक्षरित एक विज्ञप्ति जारी गरि प्रतिबद्धता जनाउनुभएको हो । #PRD830107

