माडी २ का वडाबासीहरुले हाटबजार संचालन नहुँदा उत्पादन भएका तरकारी तथा अन्नबालीहरुले बजार नपाएको दुखेसो पोखेका छन् ।
उनीहरूले उत्पादन भएको बस्तु माडी बाहिर बिक्रीवितरणका लागि लैजान समेत सास्ती भएको बताएका छन् । माडीलाई कृषि र पर्यटनमा मुख्य आधार बनाइएतापनि व्यवहारमा परिणत नभएको बताएका हुन् ।
माडी नगरपालिका वडा नं. २ कार्यालयको चालू आ.व. २०८२/८३ को सार्वजनिक सुनुवाईमा बोल्ने अधिकांश नागरिकले खोलाको तटबन्धन नभएको, लक्षमनियाँ जाने बाटोमा रहेको पुल लामो समय जिर्ण बन्दा समेत स्तरोन्नति नगरिएको, जंगली जनावरको समस्या, खानेपानी र सिचाइको समस्या सार्वजनिक जग्गाको सदुपयोग नभएको तथा संरक्षणमा जोड नदिइएको, शितलपुरमा निर्माणको क्रममा रहेको सहिद पार्कको अझै काम पुरा नभएको प्रति वडाध्यक्षको ध्यानाकर्षण गराएका थिए ।
उठेका प्रश्नमा वडाध्यक्ष दण्डपाणी पौडेलले ठाडा खोलाको स्तरोन्नतिका लागि झन्डै १ करोड भन्दा बढीको बजेट लाग्ने हुँदा सो बजेटका लागि बारम्बार ताकेता गरिएको बताउनुभयो ।
#PRD0830109
