राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।
Advertisement
सरकारी बोलपत्र (टेन्डर) सम्बन्धी वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नै कम्पनीलाई पार्ने आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एआईजी डा. मनोज केसीले पाण्डेलाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेका छन्।
पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक तथा कालिका एफएमका प्रबन्ध निर्देशक समेत हुन्। यसअघि पनि पाण्डेविरुद्ध सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले २०७५ सालमा मुद्दा दायर गरेको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
