भक्तपुरस्थित मनोहरा खोला किनारमा रहेका सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा झडप हुँदा २२ जना सुरक्षाकर्मी घाइते भएका छन्।
Advertisement
शनिबार साँझ डोजर प्रयोग गरी घर भत्काउने क्रममा स्थानीयले ढुंगा, इँटा र बोतल प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको हो।
प्रहरीका अनुसार ११ नेपाल प्रहरी र ११ सशस्त्र प्रहरी घाइते भएका छन्। अधिकांश बासिन्दाले पहिले नै सामान सारे पनि राति अचानक आक्रमण भएको जनाइएको छ।
उक्त बस्तीमा करिब ७७७ घरटहरा रहेका छन्। स्थानीयले उचित व्यवस्थापनको माग गर्दै विरोध जनाएका छन् भने आइतबार बिहानदेखि पुनः संरचना हटाउने काम जारी रहने बताइएको छ।
