राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक बोलाएका छन् ।
Advertisement
बैठक आज बिहान १२ः३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो । बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ सम्बन्धमा छलफल हुनेछ ।
यस्तै, बैठकमा महाधिवेशन कार्यविधि २०८३ सम्बन्धको विषयमा र संसदीय दलको विधान संशोधन तथा अन्य विविध विषयहरूमा छलफल गरिनेछ ।
