चितवनमा आज(सोमबार) आएको हावाहुरी तथा वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा रुख ढलेर सडक अवरुद्ध भएका सडक सुचारु भएका छन् ।
Advertisement
भरतपुर महानगरपालिका वडा नं ९ गोन्द्राङ, वडा नं १ देवघाट लगायतका क्षेत्रमा रुख ढल्दा यातायात प्रभावित भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको थियो ।
अहिले जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरी इकाइहरूबाट खटिएको टोलीले सम्बन्धित निकायहरूसँग समन्वय गरी अवरुद्ध सडकहरू हटाई पुनः सुचारु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभयो ।
हाल पनि हावाहुरी तथा वर्षाको क्रम जारी रहेकाले जंगल क्षेत्र भएर यात्रा गर्ने सवारी चालक तथा सर्वसाधारणलाई सडक अवस्थाबारे पूर्व जानकारी लिएर सावधानीपूर्वक यात्रा गर्न जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ।
