चितवनमा बिहे भोज खादा ३० जना भन्दा बढी बिरामी परेका छन् ।
गत बुधबार दिउँसो भरतपुरस्थित एक पार्टी प्यालेसमा भोज खाएका पाहुनाहरु बिरामी परेका हुन् । बिरामीहरुको भरतपुरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
भरतपुर अस्पतालमा बिहिवार दिउँसोदेखि नै बिरामीहरु अस्पताल भर्ना हुन थालेका छन् । अस्पतालका प्रवक्ता डा.रामप्रसाद सापकोटाका अनुसार १५ जना भन्दा बढी बिरामी अस्पतालमा भर्ना भएका छन् ।
उनीहरुको अवस्था सामान्य रहेको र सबै उपचार भइरहेको प्रवक्ता सापकोटाले बताए । बिरामीहरू ज्वरो आउने, पेट दुख्ने, पखला लाग्ने लगायत समस्या देखिएका छन् । अहिले बिरामीहरु चितवन मेडिकल कलेज लगायत अन्य अस्पताल समेत पुग्न थालेका छन् ।
त्यहाँ १० जना भन्दा बढिको उपचार भइरहेको छ । अन्य केही बिरामीहरु अन्य अस्पताल समेत उपचार भइरहेको छ । बिरामी बिपिन पाठकका अनुसार भोज खाएका अन्य साथीहरू पनि बिरामी परेको र घरमै रहेको बताए । उनले ज्वरो आउने र पखला लाग्ने समस्याले अस्पतालमा भर्ना भएको बताए ।
