माडीका साइकल यात्री नुनबिर विश्वकर्माले मुस्ताङको मुक्तिनाथमा पुगि माडीको प्रचारप्रसार सहितको झण्डा फहराउनु भएको छ ।
गत श्रावण १४ गते माडीबाट साइकलमा मुक्तिनाथको यात्रा तय गर्नुभएको उहाँले १२ दिनमा मुस्ताङ पुग्नुभएको हो । माडीको पर्यटन प्रवर्द्धन र प्रचारप्रसार गर्न विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको झण्डासहित उहाँ वर्षाले अवरुद्ध रहेका बाटोहरु छिचोल्दै साइकलमा कठिनपुर्ण यात्रा तय गर्नुभएको हो ।
मुक्तिनाथ क्षेत्रमा दर्शन गरी माडीको धार्मीक तथा पर्यटकिय क्षेत्रहरुबारे जानकारी दिने र शनिबार फर्किने तयारी रहेको उहाँले बताउनुभयो । #PRD800426 #CycleYatri
Advertisement