‘समाज’ गाउँटोल वा शहरका बेग्लाबेग्लै घरमा बस्ने व्यक्तिहरूको एउटै क्षेत्र, उद्देश्यपुर्ण र एकतामा बाधिएको समुह हाे । समाज समिष्टि हो । समाज परिवारको एकाईहरूको सम्पूर्णता हो। मानिसले आफ्ना सोच-शैली, बिचार- आचार, भवना-प्रबृति, बानी-ब्यहोरा र संस्कार- संस्कृति मा फेरबदल गरी स्वयं, परीवार, समाज र देश बदल्न सक्छ। अर्थात् एक रुपान्तरीत ब्याक्ति ले समाजै बदल्न सक्छ ।
जब एउटी सामान्य श्रमशिल महिलामा काम-ब्यबहार, शिक्षा-दिक्षा, ज्ञान-गुन र संस्कार ले सिपालु, शिक्षित, सचेत र सभ्य हुन्छिन, तब मात्र यो रुपान्तरण हो। जो अबसर बिहिन, श्रमशील छन् उनै रुपान्तरीत हुनु भनेको उनि स्वयं र परीवार, समाज सङ्गै परिवर्तन हुनु हो । आज हाम्रो समाजमा पनि सुधार गृह बढिरहेका छन् । स्मरण गरौ त किन चाहियो ? आशालाग्दो जनशक्ति लागु औषध प्रयोगको कुलतमा फँसि जलिरहेको छ। जब यसलाइ मित्रवत दुरुत्साहन गरी सामान्य मानिस बनाइन्छ तब त्यो रुपान्तरणमा ठुलो योगदान हुनेछ।
तथ्याङ्क अनुसार नेपालमा पुरुष र महिलाको अनुपात ४९:५१ रहेको छ। महिला को सक्रिय सहभागिता समाज रुपान्तरण कल्पना पनि गर्न सकिदैन । हरेक क्षेत्रमा केही महीलाले कठिनता पुर्वक प्रबेश गर्नुभएको छ भने अलि धेरै हामी पनि प्रबेश गर्न पाए भन्ने सोचमा हुनुहन्छ तर सबभन्दा धेरै महीला आज पनि हरेक क्षेत्र मा “कुइराको काग” झैं छौं । जसलाई न फुर्सद छ न पैसो ।
जहाँ नारी को सम्मान हुन्छ, त्यहाँ इश्वर को बास हुन्छ । प्रकृति, शक्ति, ममता, तपस्या, क्षमा, आरधना जस्ता शब्द ले नारी लाई सम्मान गरिन्छ । हामीलाई थाहा छ प्रत्येक बर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइने गरिन्छ । यसको मुख्य उदेश्य भनेकै महिला र पुरुषमा समानता ल्याउनु, महिला प्रति सम्मान, प्रशंसा र प्रेम बढाउनु र महिला अधिकार प्रति जागरुक गराउनु हाे ।
इतिहास साक्षी छ । महिलाको जीवन कष्ट र कठिनाइ बाट गुज्रिएको छ । बिडम्बना त यो छ कि नारी जस्ले सृष्टि रचेकी छन् त्यही उनको समानता र अस्तित्व माथी कुठाराघात गरिएको छ । उन्को जन्म नै एक प्रकार को श्राप मानिएको छ।उनलाइ कहिले सति बनाइयो त कहिले जुवा मा दाउ लगाइयो कहिले बलात्कार को सिकार बनाइन्छ त कहिले दाइजो को नाउँमा जलाइन्छ ।
तसर्थ नारी शक्तिलाई बुझि लैङ्गिक समानता तर्फ गति बढाउन अब महिला शिक्षा, स्वास्थ्य सेवा, आर्थिक सशक्तिकरण र नेतृत्व विकासमा लगानीको महत्वपूर्ण भूमिकालाई जोड दिन जरूरी छ ।