समृद्धिका लागि युवा अभियान माडीले मध्यवर्ती (बफर्जन) का कारण सिर्जित समस्या निवार्चन अघि हल नभएमा बफर्जनको आगामि निर्वाचन प्रकृया प्रतिरोध गर्ने तयारी गरेको छ ।
समृद्धिका लागि युवा अभियानले माडीको बरुवामा बसेको एक बैठकले चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्तीका कारण माडीका जनताले धेरै नै दुःख पाएको भन्दै मध्यवर्तीको जबरजस्ती निर्वाचन गर्न खोजे त्यसको प्रतिरोध गर्दै निवार्चनमा उठ्नेलाई सामाजिक बहिस्कार गर्नेसम्मको कार्यक्रम तय गर्ने भएको हो ।
मध्यवर्तीकै कारण जनताले १० वर्षभन्दा बढी समयदेखि हकभोग गरेको जग्गाको बहाल बिटौलि कर तिरेर पनि लालपुर्जा नपाएको, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्तीकै कारण जङगली जनावरले खेती बाली नष्ट गर्दा समेत उचित क्षतीपुर्ति पाउन नसकेको, निकुञ्ज भित्रको सडकखण्ड धुलोरहीत बन्न नसकेको लगायतका विभिन्न समस्या खेप्नु परेको भन्दै यसको समाधानको लािग जनस्तरबाट नै यसको प्रतिरोध आवश्यक परेको अभियानको निष्कर्ष छ ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्तीको अवरोधले सिर्जित माडीका मुख्य समस्या समाधान गर्न अब समृद्धिका लागि युवा अभियानले मात्रै नभएर अब आम माडीबासी एकैसाथ प्रतिरोधमा उत्रनुको बिकल्प नरहेको अभियानका एक अभियन्ता रामचन्द्र लम्सालले बताउनुभयो । #PRD810719