शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकारले लागु गरेको अनिवार्य र निशुल्क शिक्षा कार्यान्वयन गर्न पालिकाहरुले महत्वपुर्ण भुमिका खेलेको बताउनुभएको छ ।
सोमेश्वर माध्यामिक विद्यालय माडी-१ बरुवाको स्वर्ण महोत्सव समारोह समुद्धघाटन कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बोल्दै उहाँले यसपटक सरकारले कक्षा ९ र प्लस टु तहमा लिने गरेको रजिष्ट्रेशन शुल्क लाई प्लस टु तहको रजिष्ट्रेशन शुल्क हटाएर निशुल्क र अनिवार्य शिक्षा प्रति राज्यको उत्तरदायित्वलाई वृद्धि गर्दै लैजाने बताउनुभयो ।
मन्त्रि भट्टराईले संसदमा विचाराधिन रहेको विद्यालय शिक्षा विधेयकलाई संसोधन कताहरुसंग छलफल गरि आउँदो अधिवेशनमा संसदमा पेश गरि पािरत गर्ने आश्वासन समेत दिनुभयो ।
सोमेश्वर माध्यामिक विद्यालयको ५३ औं वर्षको अवसरमा आज शुक्रबार बाट सुरु भएको स्वर्ण महोत्सव समारोह समुद्धघाटन गर्न उहाँ माडी आउनुभएको हो । स्वर्ण महोत्सव माघ ३ गतेसम्म चल्नेछ ।#PRD810926