• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, मङि्सर २२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

धादिङमा भएको सात सवारीसाधन दुर्घटनामा चितवनको स्कुल बस पनि पर्‍यो,२५ जना घाइते (नामावलीसहित)

निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै

बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत

नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

अब बन्ने सरकार पुराना पार्टीहरूकै होः ओली

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

  • ६. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ७. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ८. निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

  • ९. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • १०. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

नेपालको सनातनी आन्दोलन र काङ्ग्रेस


  •   मङ्गलबार, बैशाख ०९, २०८२ मा प्रकाशित
  • नेपाली कांग्रेस देशमा भएका धेरै क्रान्तिको नेतृत्व गरेको पार्टी हो । व्यवस्था परिवर्तनका लागि गरिएको धेरै आन्दोलनहरूको नेतृत्व कांग्रेस र कांग्रेसका नेताहरूले गरेका छन्। दुई धारका पार्टीहरू संसदीय व्यवस्था विरोधी कम्युनिस्ट पार्टी र संसदीय व्यवस्थाको पक्षधर कांग्रेसबीच विगतदेखि नै गज्जबको सम्बन्ध रहनु आफैंमा अचम्म छ ।

    Advertisement

    प्रजातन्त्रमा विश्वास राख्ने मात्र होइन वैदिक सनातन धर्ममा आस्था राख्ने ठूलो जमातले धर्म संस्कृति र परम्पराप्रति लचिलो र जिम्मेवार पार्टी भनेर नै काङ्ग्रेस पार्टीलाई आफ्नो रोजाईमा राखेका हुन ।

    उग्र क्रान्तिकारी सोच भएका कम्युनिष्टहरूभन्दा कांग्रेस बैदिक परम्परा धर्म र सनातन संस्कृतिप्रति नरम र जिम्मेवार छ भन्ने हालसम्म पनि कांग्रेसी जन र आम जनताको बुझाई छ । त्यसो त कांग्रेसको चार तारा भएको झण्डा मध्येको एक तारा धार्मिक स्वतन्त्रताको प्रतिकको रुपमा लिइन्छ यही मान्यतालाई गलत अर्थ लगाउँदै केही कांग्रेस नेताहरुले धर्म निरपेक्षताको प्रतीक भन्न पनि भ्याउँछन् ।

    कांग्रेसप्रति सनातनी हिन्दूहरूको भावना जोडिएको पाइन्छ । एकाथरीको भनाइ त कांग्रेस टुप्पी टोपी धोती र संस्कृतिको संरक्षण गर्ने पार्टी हो तर जनताको भरोषा तोड्दै अन्य क्रान्तिहरूको नेतृत्व गरे जस्तै जबरजस्ती धर्म निरपेक्षता लाद्ने पार्टी पनि कांग्रेस नै बन्न पुग्यो ।

    २०६२/ ६३ को व्यवस्था परिवर्तनको आन्दोलनपछि हिंसाको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको माओवादी पार्टी दुई ठुला पुराना दलहरु कांग्रेस र एमालेलाई आफ्नो प्रभावमा राख्न सफल भयो । लुरुलुरु माओवादी एजेन्डामा पछि लागेका दुई पार्टी जनमत संग्रह बिनानै कतिपय दीर्घकालीन असर पार्ने विषय र मुद्दामा जनअधिकार र भावनालाई वेवास्था गर्दै धर्म निरपेक्षताको पक्षमा लागे र नेपाल देशलाई धर्म निरपेक्ष राष्ट्र बनाए । त्यतिबेलाबाटै कांग्रेसमा सनातन हिन्दु राष्ट्र पक्षधर समूह आफ्नो फरक विचार राख्दै पार्टीभित्र वैचारिक अन्तरसघर्ष गर्दै आएको छ ।

    पार्टीमा ठुलै तप्का असन्तुष्ट बन्यो तर पार्टी नेतृत्व टसमस भएन पार्टीको जनाधार भन्दा पनि नेतृत्वलाई बाहय शक्तिले दबाब र प्रभावमा राख्न सक्यो । हरेक पार्टीभित्र माओवादी अध्यक्षको प्रभाव बढ्यो फलत: सम्झौताको दस्तावेजका रुपमा देश संविधानत: नेपाल धर्म निरपेक्ष राष्ट्र बन्यो ।

    धार्मिक समाज र विशेषत: वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू पहिचानविहीन, देशविहीन र धर्मविहीन बन्यो । यो उपलब्धिलाई माओवादीले आफ्नो ठूलो उपलब्धिका रुपमा लियो । त्यसो त मन्दिरहरू भत्काई पुजारीहरूको हत्या गरी संस्कृत शिक्षा र नैतिक शिक्षालाई प्रधान शत्रु मानेको माओवादी पार्टी धर्म निरपेक्षता लाद्न सफल हुनु उसको ठूलो जित पनि हो।

    त्यही बेलाबाट अक्सर सनातनीहरूको मर्ममाथि प्रहार भएको भन्दै ठूलो तप्का नेपाली कांग्रेसको राजनीतिबाट बाहिरिए। खुमबहादुर खड्का जस्ता नेताहरु पार्टीभित्र वैचारिक अन्तरसंघर्ष गर्दै रहिरहे ।
    गिरिजाप्रसाद कोइराला सुशील कोइरालाहरु धर्मनिरपेक्षताबारे आफ्नो अनविज्ञता जनाए त्यही समयबाट कांग्रेसभित्र एउटा समूह बलियो सिद्धान्त स्थापित गर्न सङ्घर्षशील रहिरह्यो।

    जुन समूह अहिले पार्टीभित्र सनातन हिन्दु राष्ट्र स्थापनाका लागि बलियो बन्दै गइरहेको छ। राष्ट्रको हरेक संकटमा नेपाली जनताले कांग्रेस के बोल्छ भन्ने आशालाई तुसरापात गर्न सफल भएका कृष्ण सिटौला साच्चिकै ८१% हिन्दुहरूका प्रधान शत्रुका रुपमा आफूलाई उभ्याइरहे जनताबाट पटकपटक पराजित गरिएका सिटौला गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको विश्वासलाई धोका दिँदै युरोपिय र अमेरिकनहरूको वफादार कारिन्दा बन्दै धर्मनिरपेक्षताको एजेन्ट बन्नु कांग्रेसीहरुका लागि आत्माघाती बन्न पुग्यो ।

    आफूलाई शान्ति सम्झौताको सूत्रधार सम्झने सिटौला खै कहाँबाट परिचालित भए आफ्नै पार्टीका सभापति एवं प्रधानमन्त्रीको विश्वासलाई हतियार बनाएर धर्म निरपेक्षता लाद्न सफल भए। मनोनित महामन्त्रीसम्म बनेका सिटौला संविधानसभा र कांग्रेस पार्टी भित्र इसाईका एजेन्ट बन्न पुगे सनातन हिन्दु राष्ट्रको पक्षधर कांग्रेसीहरु अहिले पनि पार्टीभित्रै संघर्ष गरिरहेका छन् ।

    बेलैमा अब कांग्रेसले हिन्दुत्वको मुद्दालाई सम्बोधन गरी हिन्दू राष्ट्रको एजेन्डा नबोके पार्टी कार्यकर्ता र जनताबाट लखेटिने निश्चित प्राय छ। असन्तुलित बन्दै गएको देशको सामाजिक तथा राजनीतिक क्षेत्र समयमै पुरानो इतिहास बोकेको कांग्रेस जस्तो पार्टीले नसम्हाल्ने हो भने पार्टीलाई मात्र होइन सिंगो राष्ट्रलाई नै संकट पर्ने देखिन्छ । विगत केही दिनदेखि क्रियाशील नवीकरणको अभियानमा रहेको पार्टी आफ्नै क्रियाशील सदस्यको ५० प्रतिशत नवीकरण गर्न सम्म नसक्ने अवस्थामा पुगेको छ।

    विशेष महासमिति बैठक वा सम्मेलन गरेर सनातन हिन्दु राष्ट्रको मुद्दालाई समयमै सम्बोधन गर्न नसके देश र कांग्रेसको अस्तित्व संकटमा पर्ने देखिन्छ सनातन हिन्दु राष्ट्रका लागि पार्टी सभापतिहरू जति लचक र नरम छन् महामन्त्रीहरू विगतदेखि नै बढी कठोर भएको देखिन्छ।

    विगतमा सिटौलाले नेपाली सनातनीहरुलाई दिएको धोका अहिलेका महामन्त्रीहरुबाट पनि निरन्तरता दिइरहेका छन् । अमेरिकी एनजिओको सहयोगमा टेलिभिजन कार्यक्रम सञ्चालनमा ल्याएका विश्व प्रकाश शर्मा सनातन संस्कृति र समाजका मर्महरू माथि प्रहार गर्न निरन्तर लागेको देखिन्छ निधारमा रातो टिका र फुल राखेर आफू सनातनी भएको प्रतिबिम्ब देखाउने गगन थापा पनि सनातन हिन्दू राष्ट्रको पक्षमा देखिँदैनन्।

    नेपाली जनताले सनातनी क्रान्ति वा आन्दोलनपूर्व एकपटक कांग्रेसको भूमिका र साथ खोजेको देखिन्छ ९४ प्रतिशत ॐकार परिवारको आस्था विश्वास र मर्मलाई सम्बोधन गरेर राष्ट्र धर्म र कर्तव्यमा कांग्रेसले इमान्दारिता देखाउन सकेन भने भोलि आउने सनातनी क्रान्तिको आँधीबेहरीले यो व्यवस्था उडाउन सक्ने आकलन गर्न सकिन्छ ।

    शक्ति सञ्चयका लागि अभियानमा लागेको हिन्दु समाज र हिन्दुवादी कार्यकर्ता आफ्नो धर्म र धैर्यतालाई तोडेर सशस्त्र विद्रोहमा निस्कियो भने यो व्यवस्था र पार्टीले धान्न सक्ने अवस्था रहने छैन। त्यसैले कांग्रेसले आफूलाई बलियो प्रजातान्त्रिक शक्तिकै रुपमा राखिरहने हो भने अहिले उठेका धार्मिक विद्रोहका आवाजहरूलाई सम्बोधन गर्न जरुरी छ ।

    सनातन हिन्दु राष्ट्रका पक्षमा रहेका पूर्व महामन्त्री शशांक कोइराला नेता शेखर कोइराला चन्द्र भण्डारी, शंकर भण्डारीहरूको नेतृत्वमा पार्टीभित्र व्यापक बहस चलाई पार्टीभित्रको अन्तरसघर्ष र देशमा आउन सक्ने धार्मिक विद्रोहलाई रोक्नको लागि धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र नेपाल पुनस्थापनको एजेन्डा पार्टीले बोक्न सकेन भने पौढ अवस्थामा रहेका पार्टीका क्रियाशील सदस्यहरुले पार्टीप्रतिको भरोसा तोडेर हिन्दुक्रान्तिमा होमिने वातावरण बन्नेछ।

    धर्मनिरपेक्षको जालसाजी पूर्ण षड्यन्त्रमूलक संविधान निर्माणमा भूमिका खेली धार्मिक द्वन्दतर्फ देशलाई धकेल्न सहयोगी बनेका कांग्रेस हिजोका गल्तीहरुलाई सच्चाउँदै जनतासँग माफी माग्दै हिन्दु राष्ट्रको एजेन्डा बोकी आफुले दुषित बनाएको राजनैतिक सामाजिक तथा धार्मिक वातावरण सुधार्ने जिम्मेवारी अहिले कांग्रेसको काँधमा आएको छ ।

    लेखक श्याम पौडेल
    अध्यक्ष
    जय सनातन अभियान नेपाल

      मङ्गलबार, बैशाख ०९, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार
      रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र
      शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र
      जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 
      बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता र सम्भावित राजनीतिक यात्रा
      हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने छुट वडा अध्यक्षलाई छैन ।

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        धादिङमा भएको सात सवारीसाधन दुर्घटनामा चितवनको स्कुल बस पनि पर्‍यो,२५ जना घाइते (नामावलीसहित)

      • २.
        निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

      • ३.
        एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै

      • ४.
        बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत

      • ५.
        नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

      • ६.
        अब बन्ने सरकार पुराना पार्टीहरूकै होः ओली

      • ७.
        निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

      • ८.
        यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.