प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी निर्वाचन आयोगले थप गरेको नामावली दर्ता तथा अद्यावधिकको समय शुक्रबार सकिएको छ। समयावधि भित्र ८ लाख ३७ हजार ९४ नयाँ मतदाता सूचीकृत भएका छन्।
Advertisement
आयोगका अनुसार ३ लाख ४४ हजार ९१४ जना बायोमेट्रिक्समार्फत र ४ लाख ९२ हजार १८० जना राष्ट्रिय परिचयपत्रमार्फत दर्ता भएका हुन्।
यसैबीच, आयोगमा १० नयाँ राजनीतिक दल दर्ता भएका छन्, भने २८ दल दर्ता प्रक्रियामा रहेका छन्।

