भरतपुर महानगरपालिका–९ मा पाइल्स, फिस्टुला र फिसर जस्ता मलद्वारसम्बन्धी समस्या तीव्र रूपमा बढ्दै गएपछि स्थानीयस्तरमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
त्रिपुरेश्वर कृषि सहकारी संस्था लि. को आयोजना, भरतपुर–९ वडा कार्यालयको विशेष सहयोग तथा एन्जल फाउन्डेशन, शाखा कायलिया मण्डारा को प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको हो ।
शिविर आज मंसिर ७ गते आइतबार, बिहान ९ बजेपछि, फोर सिजन पार्टी प्यालेसमा संचालन हुने आयोजकले जनाएको छ ।
शिविरमा पाइल्स, फिस्टुला, फिसरको जाँच तथा प्रारम्भिक उपचार, मलद्वार दुख्ने, पोल्ने, रगत वा पिप आउने, मासु पलाउने जस्ता लक्षणको विशेषज्ञ सेवा तथा निःशुल्क ल्याब परीक्षण उपलब्ध गराइएको छ।
संस्थाका सदस्यहरूका लागि उपचारमा ५० प्रतिशत छुट तथा संस्थाको सिफारिस प्राप्त गैर–सदस्यहरूलाई पनि छुट प्रदान गरिने आयोजकले जनाएको छ। छुटसहितको उपचार सेवा ३० जना बिरामी सीमित रहनेछन् ।
विभिन्न अध्ययन अनुसार समुदायका ४० प्रतिशत भन्दा बढी व्यक्तिहरूमा यस्ता समस्या देखिन थालेपछि रोगको समयमै पहिचान र उपचारलाई प्रोत्साहन गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो।
स्वास्थ्य सेवा सबैका लागि सहज पहुँचयोग्य बनाउने लक्ष्यसहित आयोजना गरिएको यो शिविरमा स्थानीयवासीलाई अनिवार्य रूपमा सहभागी हुन आग्रह गरिएको छ।

