लामाे समयदेखि अलपत्र परेकाे माडी-७ स्थित पतरे खाेलकाे पुलकाे ठेक्का अन्तत: हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगञ्जले रद्द गरेकाे छ ।
Advertisement
माडी–ठोरी हुलाकी सडक रुटअन्तर्गत किर्तनपुर–देवेन्द्रपुर जोड्ने पतरे खोलामा लोहनी एण्ड ब्रदर्श प्रा.लि. लाई जिम्मा दिएर सुरु गरिएको ४१ मिटर लामो पुल निर्माण लामो समयसम्म अघि नबढेपछ ठेक्का रद्द गर्ने निर्णय भएकाे हो ।
निर्देशनालयका अनुसार निर्माण कम्पनीले काममा देखाएको सुस्तता, बारम्बारको सम्पर्कप्रति उदासिनता र तोकिएको १५ दिनभित्र आवश्यक स्पष्टीकरण नदिएको कारण ठेक्का स्वतः रद्द भएको पत्रमा उल्लेख छ ।
यससँगै सार्वजनिक खरिद ऐनअनुसार कम्पनीको कार्य सम्पादन जमानत जफत गरिने, बाँकी रकम सरकारी बाँकीसरह असुल गरिने र कम्पनीलाई कालोसूचीमा सिफारिस गर्ने प्रक्रिया अघि बढाइने जनाएको छ। #PRD8208126
