भरतपुर–१९ स्थित शारदा नगर चितवनमा “पिता परमेश्वर ईश्वरीय सत्य बचन” संस्थाले आउँदो मंसिर १९ गते आयोजना गर्न लागेको धर्मान्तरण उद्देश्यको कार्यक्रम प्रति ओमकार परिवार र विश्व हिन्दु महासंघ चितवनले कडा आपत्ति जनाएका छन्।
विश्व हिन्दु महासंघ चितवनका अध्यक्ष प्रेम प्रसाद गैरे र जय सनातन अभियान नेपालका केन्द्रीय अध्यक्ष श्याम पौडेलको नेतृत्वमा धर्मान्तरणको गतिविधि तत्काल रोक्न चितवनका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद अर्याललाई आग्रह गरेका छन् ।
हिन्दु तथा ओमकार परिवारको आस्थामाथी ठेस पुर्याउन खोज्नेलाई तत्काल कारबाही गर्न समेत उनीहरूले माग गरेका हुन् ।
कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ प्रमुख वक्ताका रूपमा सहभागी हुने भनिएको विषयप्रति खेद प्रकट गर्दै, राज्यकै तहबाट धर्मान्तरण प्रोत्साहन गर्ने जस्तो संकेत मिलेको टिप्पणी गरेका छन् ।
समूहका अनुसार— “हामी सबै धर्मलाई सम्मान गर्छौँ, तर धर्मान्तरण स्वीकार्य छैन। सरकार चलाउने र धर्म चलाउने कुरा फरक हो, धार्मिक संवेदनशीलता नबिगारियोस्।” भन्ने विश्व हिन्दु महासंघको भनाइ छ ।
यदि मुख्यमन्त्री कार्यक्रममै सहभागी भए चितवन बन्द आह्वान गर्न सक्ने चेतावनी समेत उनीहरूले दिएका छन्।
