माडी क्याम्पस संचालक समितिको पहिलो बैठकले क्याम्पस परिसर सुधारतर्फ ठोस कदम चालेको छ ।
Advertisement
समितिको निर्णय अनुसार क्याम्पस भवनको पछाडिको झाँडी फडानी गरी सरसफाइ अभियान सम्पन्न गरिएको क्याम्पसले जनाएको छ।
विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने लक्ष्यसहित गरिएको यो कामले क्याम्पसको सौन्दर्यकरणमा थप योगदान पुग्ने देखिन्छ । यसैबीच, क्याम्पसको दीर्घकालीन विकासका लागि आर्थिक स्रोत जुटाउने प्रयास पनि अघि बढाइएको हो ।
माडी क्याम्पसको जमिनसहित झन्डै २ करोड रुपैयाँ बराबरको ‘धान्यान्चल’ बोलचन्दा उठाउने तयारी तीव्र गतिमा चलिरहेको र सो विषयमा पुस १८ गते बैठक समेत डाकिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टुकनारायण पौडेलले जानकारी दिनुभयो।
क्याम्पस सुधारका प्रारम्भिक गतिविधिहरू देखिन थालेसँगै स्थानीय समुदाय र विद्यार्थीहरू उत्साहित देखिएका छन्।
#PRD0820816
