नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले पुस २६ गतेदेखि २८ गते तय गरेको १५औँ महाधिवेशनको कार्यतालिकामा देखिएको ‘समय ग्याप’बारे प्रश्न उठाउनुभएको छ ।
Advertisement
सोमबारको केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका पारित गरेपछि थापाले लिखित अतिरिक्त प्रस्तावमार्फत महाधिवेशन कुनै पनि हालतमा नियमित समयमा हुनुपर्ने स्पष्ट धारणा राख्नुभएको हो ।
उहाँका अनुसार कार्यतालिका कार्यान्वयन नहुँदा महाधिवेशन नै रोकिए विशेष महाधिवेशनको आवश्यकता पर्न सक्ने छ। थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले हस्ताक्षर फिर्ता गर्न अस्वीकार गरेपछि संस्थापन पक्ष कार्यतालिका ल्याउन बाध्य भएको नेता थापाको दाबी छ।
थापाले अब पारित कार्यतालिका सफलतापूर्वक लागू गर्न आफू इमान्दारीपूर्वक लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।
#PRD0820816
