पश्चिम चितवनमा केरामा पानामा रोगको नयाँ भेरिएन्ट ‘टिआर फोर’को संक्रमण भेटिएको छ।
Advertisement
राष्ट्रिय कृषि अधुनिकीकरण कार्यक्रमका प्रमुख महेश रेग्मीका अनुसार करिब ५५ बिघा क्षेत्रफलमध्ये ५ बिघामा रोग देखिएको हो।
नवलपरासीबाट ल्याइएका बिरुवामार्फत संक्रमण फैलिएको अनुमान गरिएको छ। रोग लागेको खेतबाट गुवो निस्कने क्रममा समस्या देखिएपछि नमुना परीक्षणका लागि काठमाडौँस्थित प्रयोगशाला तथा कृषि अनुसन्धान परिषद् पठाइएको छ।
रोगको उपचार नभएकाले संक्रमित बाली जोतेर नष्ट गर्ने तथा औजार–सवारी साधन पूर्ण रूपमा निर्मलीकरण गरेर मात्र अन्य खेतमा प्रवेश गराउन कृषि एकाइले किसानलाई आग्रह गरेको छ।
चितवनमा हाल २,८०० हेक्टर क्षेत्रमा केराखेती हुने गरेको छ, जसबाट वार्षिक ४३ हजार मेट्रिक टनभन्दा बढी उत्पादन हुँदै आएको छ।
