७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले भदौ २३ मा राज्यद्वारा भएको दमन/हत्याका जिम्मेवारहरू र भदौ २४ को तोडफोड तथा आगजनीका दोषीहरूलाई छिटो कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।
सोही विषयमा सम्पन्न नागरिक संवाद कार्यक्रममा प्रस्तुत अवधारणा पत्रमा शान्ति समाजले दण्डहीनताले नेपालमा मानव अधिकार संस्कृति कमजोर बनाएको उल्लेख गर्दै सुशासन र पारदर्शिताको कार्यान्वयनमा जोड दिएको हो ।
जेनजीद्वारा आह्वान गरिएको आन्दोलन मूलतः भ्रष्टाचार, दण्डहीनता र कुशासनविरुद्ध रहेको समाजको ठहर छ। भ्रष्टाचारमा संलग्न दलका शीर्ष नेतामाथि कानुनी कारबाही आवश्यक रहेको भन्दै शान्ति समाजले हालको सरकारले कुनै ठोस कदम नचालेको आरोप लगाएको छ ।
शान्ति समाज चितवनका उपसभापति जीवन केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अबधारणा पत्र सुमी गौतमले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि नागरिक समाज तथा मानव अधिकारकर्मीहरुको सहभागीता थियो ।
