श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले आफू दल बनाउन नभई देश बनाउन हिँडिरहेको बताएका छन् ।
Advertisement
शनिबार (पुस ५) श्रम संस्कृति पार्टी रुपन्देहीले बुटवलमा आयोजना गरेको सभामा उनले आफू कार्यकर्ता खोज्न र पार्टी नभई देश बनाउन हिँडिरहेको बताएका हुन् ।
देशमा अन्याय, अत्याचार र भ्रष्टाचार हटाउन साथ दिन उनले आह्वान गरे । उनले देशका हरेक मान्छेले केही न केही काम गरे समृद्धिको आधार आफैँ निर्माण हुने बताए ।
बाटो, पुललगायत सबै पूर्वाधार निर्माणका निम्ति विदेशीसँग सहयोग माग्ने प्रवृत्तिका कारण अरू देशले नेपाललाई हेपेको उनले टिप्पणी गरे । उनले ढल्दै गरेको राष्ट्रिय स्वाभिमानलाई सबै मिलेर उठाउनुपर्नेमा जोड दिए ।

