• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल


  •   बिहिबार, साउन १६, २०८२ मा प्रकाशित
  • उद्यमी, व्यवसायी तथा इमानदारीपूर्वक काम गर्नेका लागि नेपाल नेपाल उर्वरभूमि रहेको दृष्टान्त अनेकौँ भेटिन्छन् ।

    Advertisement

    देशका सिर्जनशील एवं महत्वाकाङ्क्षी युवाहरू पछिल्ला दिनमा जागिर खाने वा विदेशमा रमाउनेभन्दा स्वदेशमै विभिन्न पेसा व्यवसाय तथा उद्यमतर्फ आकर्षित भएको देखिन्छ ।

     हुँदाखाँदाको शिक्षक पेसासहित सरकारी जागिर छोडी तथा विदेशबाट फर्की आधुनिक तरिकाले सागसब्जी खेती गर्ने वा अन्य पेसामा रमाउँदै राम्रो आयआर्जन गर्नेहरू पनि अहिले त्यतिकै भेटिन्छन् । आआफ्नो गाउँठाउँमा यसरी राम्रो गरेको देखेर त्यसैको सिको गरी विभिन्न पेसा व्यवसायबाट लाभान्वित हुनेहरू पनि प्रसस्त देखिन्छन् ।

    यसै सन्दर्भमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत देशकै करिब मध्यभागमा अवस्थित चितवनको भरतपुरसहित आसपासका क्षेत्रमा गच्छेअनुसारको पेसा व्यवसाय गरी सर्वसाधारणका लागि प्रेरणाको स्रोत बन्न सफल अनेकौँ उदाहरणीय भेटिन्छन् । विशेषगरी शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्यागधन्दा, व्यापार व्यवसायमा लगानी गर्ने अधिकांश व्यक्ति आफ्नो आर्थिक तथा सामाजिक हैसियत उच्च बनाइ प्ररेणाको स्रोत बन्न सफल भएका छन् ।

    यसैमध्येको एक हुन् चितवन भरतपुरका प्राविधिक धारका युवा दिनेश पौडेल । भरतपुरस्थित सरकारी अस्पतालको पाँच वर्षको जागिरपछि पेसा बदलेका फार्मेसी विषयका स्नातक पौडेल यस क्षेत्रका युवाका लागि प्रेरणाका स्रोत भएको भनी भरतपुरवासी गर्व गर्दछन् ।

    भरतपुर महानगरपालिका–६ इन्द्रपुरीका पौडेल भरतपुरको चौबीसकोठीमा फार्मेसी पसल खोली औषधी व्यापारबाट मनग्गे आम्दानी गर्न सफल हुनुभएको छ । औषधीको क्षेत्रमा अध्ययनसहित लामो समय काम गर्नुभएका पौडेल चिकित्सकबाट सिफारिस भई आएका औषधीको व्यवस्था गरी बिरामीलाई सक्दो सहयोग गर्ने काममा अहोरात्र खटिरहेका छन् ।

    विसं २०६५ मा प्रेमबस्ती माविबाट एसएलसी उत्तीर्ण हुनुभएका पौडेलले ‘स्कूल अफ हेल्थ साइन्स’ भरतपुरबाट ‘डिप्लोमा इन फार्मेसी’ उत्तीर्ण गर्नुभयो । त्यसपछि ‘मेडिकल एन्ड टेक्निकल कलेज’बाट फार्मेसीमा स्नातक उत्तीर्ण गर्नुभयो ।

    स्नातक गर्नुअघि नै विसं २०७२ देखि उहाँले भरतपुर अस्पतालको फार्मेसीमा जागिरेका रूपमा काम गर्नुभयो । अस्पताल विकास समितिको मातहतमा पाँच वर्ष सेवा गर्नुभयो । त्यसपछि जागिरबाट भन्दा आफैँले व्यवसाय गर्नुपर्छ भन्ने सोचेर उहाँले जागिर छोड्नुभयो ।
    पाँच वर्षअघिदेखि भरतपुरको चौबीसकोठीमा साङ्घाई मेडिकल हल सञ्चालन गरेर पौडेलले व्यापार सुरु गर्नुभयो । योसँगै औषधिको होलसेल व्यापारका लागि फार्मेसी पनि सुरु गर्नुभयो ।

    पौडेलले भन्नुभयो “जम्मा पाँच लाख लगानी गरेको मेडिकलमा अहिले रु एक करोडभन्दा बढी लगानी भइसकेको छ ।” फार्मेसीमा विज्ञता हासिल गरेकाले उहाँकोमा धेरै बिरामी औषधी किन्न आउँछन् । त्यसो त अरु फार्मेसीमा डाक्टरले लेखेको नबुझेपछि पुर्जा (प्रेस्क्रिप्सन) बोकेर बिरामी आफूकहाँ आउने गरेको उहाँ बताउनुहुन्छ ।
    पौडेलले भन्नुभयो, “नेपालका ७७ जिल्ला र भारतमा लेखिएका पुर्जा समेत बोकेर म कहाँ औषधी लिन आउँछन् ।” अन्यत्र नपाइने औषधि आफूकहाँ रहेकाले पनि बिहान सबेरैदेखि राति अबेरसम्म औषधि किन्नेको भीड लाग्ने गरेको उहाँले बताउनुभयो । पौडेलले भन्नुभयो, “म कहाँ नेपालका जुनसुकै डाक्टरले लेखेको औषधि पाइन्छ, अपवादबाहेक कोही पनि रित्तो हात फर्कनुपर्दैन ।”

    औषधीको ‘होलसेल’ व्यापारमा पनि उहाँ सन्तुष्ट हुनुहुन्छ । उहाँको औषधी पसलबाट १५ वटा नेपाली उद्योग र सात वटा भारतीय उद्योगको थोक व्यापार हुने गरेको छ । पौडेलले भन्नुभयो, “नेपालमा विशेषगरी प्राविधिक विषय पढेकाहरू विदेश जानुपर्दैन, लगानी र कामका लागि यही नेपालमा जस्तो सम्भावना अन्यत्र छैन, स्वदेशमै उद्यम गरी रोजगारीको वातावरा निर्माण गरौँ, यसैमा हामी सबैको कल्याण छ ।” रासस

      बिहिबार, साउन १६, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार
      रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र
      शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र
      जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 
      बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता र सम्भावित राजनीतिक यात्रा
      हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने छुट वडा अध्यक्षलाई छैन ।

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.