माडी क्याम्पस हुँदै माडी-५, नयँपिपरिया – मिलनचाेक जाेड्ने सडक धुलाम्य हुँदा स्थानियले सास्ति खेप्नुपरेकाे छ । दुई वर्षअघि कालाेपत्रे गर्न सबबेस राखिएपनि बाँकि काम नभइ अलपत्र परेकाे सडक धुलाम्य भएकाे हाे ।
Advertisement
भरतपुर-माडी हुलाकि सडकमा पर्ने बाँदरमुढे खाेलाकाे पुल सञ्चालनकाे लागि बाटाे बन्द हुँदा सबै सार्वजनिक तथा निजि सवारी साधनहरू यसै बाटाे भएर गुड्ने गरेका छन् ।
चर्काे घाम र बस, टिप्पर जस्ता ठुला सवारीसाधनहरू ओहाेर दाेहाेर गर्दा बढि धुलाे उड्ने गरेकाे भन्दै स्थानियले यसकाे विकल्प खाेज्न आग्रह गरेका छन् । साथै, आगामी आर्थिक वर्ष २०८०-८१ काे लागि नगरपालिकामा प्रस्तुत हुने नीति तथा कार्यक्रममा उक्त सडकलाई विशेष प्राथमिकतामा राख्न समेत माग गरेका छन् । #PRD800222