माडी-६ लक्ष्मिनिवास स्थित माडी भ्यू सामुदायिक हाेमस्टे आन्तरिक तथा बाह्य पर्यटककहरूकाे राेजाइमा परेकाे छ ।
मुख्य सडकभन्दा भित्र पट्टि र शान्त एवं मनाेरम वातावरणमा रहेकाले माडी भ्यू सामुदायिक हाेमस्टेमा पर्यटकहरू थप आकर्षित भएका हुन् ।
माडीमा प्राकृतिक तथा साँस्कृतिक स्राेतहरूकाे प्रचुरता, जातिय, भाषिक विविधता रहेकाेले पर्यटनकाे सम्भावना देखेपछि र माडीमा पर्यापर्यटन कायम गर्न ६ घर मिलेर हाेमस्टे सञ्चालन गरेकाे नेपाल होमस्टे महासंघ बागमती प्रदेश सचिवालय सदस्य जितबहादुर चापागाईंले बताउनुभयाे ।
हाेमस्टेमा बस्नकाे लागि काठमाडौं, कास्की र नवलपुरका बढि पर्यटकहरूकाे आगमन हुने गरेकाे र पुर्वी जिल्लाका ताप्लेजुङ, इलाम, कञ्चनपुर बाट समेत पर्यटकहरू आउने गरेबाे चापागाईंले बताउनुभयाे ।
करिब ३०० जना बस्न मिल्ने क्षमताकाे विस्तार गरि गाउँलाइ हाेमस्टेमय बनाउने याेजना रहेकाे उहाँकाे भनाइ छ । स्टे काे लागि सम्पर्क नम्बरहरू: [9845078505, 9865366817, 9855046533]
#PRD800224 #Homestay