देशकै १०० पर्यटकिय गन्तब्यहरूकाे सुचिमा सुचिकृत माडीकाे साेमेश्वरगढि जाने बाटाेमा चिसापानी क्षेत्रकाे प्राकृतिक धाराेकाे संरक्षण र व्यवस्थापनकाे कमी देखिएकाे छ ।
प्राकृतिक रूपमै जमिनमुनिकाे सतहमा ढलेकाे काठकाे मुडाेबाट पानी अविरल वगिरहने साे ठाउँमा सुख्खा खडेरिमा समेत सफा र निश्चल पानी निरन्तर वगिरहन्छ ।
साेमेश्वरगढि नजिककाे मगाेई खाेला नजिक एकमात्र पिउने पानीकाे स्राेत रहेकाे साे प्राकृतिक ठाउँलाई कठकुहियाकाे पानी समेत भन्ने गरिन्छ । माथि सालका ठुला ठुला रूखहरू र ढिस्काे रहेकाे छ भने जमिनमुनि गडेकाे सालकाे काठ कुहिएर बनेकाे धाेद्राेबाट चिसाे, सफा र निश्चल पानीले साेमेश्वरगढि जाने पर्यटकलाई तिर्खाएकाे बेला शितलताकाे महसुस दिलाउँछ ।
चिसापानी भनेर चिनिने साे ठाउँभन्दा माथि भुङ भुङ्गे, भैस पत्थर, रानी रह, बलुवा बांध, परेवा दह र त्यो भन्दा माथि महेश्वरी गंगा अर्थात् मागोइ खोला को शिर पर्दछ । उक्त ठाउँमा पुगेपछि गाईको आकारको ठूलो ढुङ्गा देख्न सकिन्छ । त्यसकाे मुखबाट निस्केको पानी महेश्वरी गंगा र पुच्छर तिरबाट निस्केको पानीलाई गोवर्द्दन नदी भनिन्छ जुन भारत तिर पनि जान्छ ।
साेमेश्वरगढिकाे याे महत्वपुर्ण ऐतिहासिक, धार्मिक र प्राकृतिक क्षेत्रकाे संरक्षण र व्यवस्थापन गरि शुद्द पिउने पानीकाे उचित प्रवन्ध मिलाई विश्रामस्थल बनाउन जरूरी छ ।
Advertisement