माडी नगरपालिका – ६ स्थित लक्ष्मीनिवासकी शुन्दरी चापागाईंले १० धुर जग्गामा १२ सय लगानी गरेर १० हजार बढि आम्दानी गरिसक्नु भएकाे छ ।
सयपत्री फूलकाे खेतिबाट प्रत्येक हप्ता २२ देखि २५ किलोसम्म बिक्रि गरि उहाँले कम लागतमा धेरै आय गर्न सकिने व्यवसायकाे रूपमा सयपत्री फूल खेतिकाे उदाहरण पेश गर्नुभएकाे छ । १० धुर जग्गाले दिएकाे हाैसलाबाट अब १० कठ्ठामा लगाउने तयारी समेत गर्नुभएकाे छ ।
सयपत्रिकाे फूल मालाकाे ८० रूपैयाँ र किलाेकाे ४०० रूपैयाँसम्म बिक्रि गर्नुभएकि उहाँले भरतपुर, काठमाडौं, पोखरा र अन्य क्षेत्रहरुमा निर्यात समेत गर्नुभएकाे छ ।
समय समयमा सिंचाइ र प्राङ्गारिक मलको प्रयोग गर्न सकिएमा यसको उत्पादनमा वृद्धि गर्न सकिने उहाँको भनाइ छ । तर अहिले खडेरीको समयमा सिंचाइ प्रयाप्त मात्रामा नभएमा बिरुवा मर्ने र डढ्ने तथा फुलको थुङ्गा ओइलाउने फूल ब्यबसायी सुन्दरी चापागाईंले जनाउनुभयो । (सयपत्री फूलकाे लागि सम्पर्क: 9845078505)
#800223 #Flower