माडीकै पहिलाे ओम प्राङ्गरिक कृषि तथा नर्सरी फर्मका सञ्चालक अशाेक लामिछानेले विगत एक दशकदेखि व्यवसायिक रूपमा कृषि तथा नर्सरी व्यवसाय सञ्चालन गर्दै आउनुभएकाे छ ।
माडी नगरपालिका-३ बसन्तपुरस्थित माडी क्याम्पसकाे ठिक अगाडि उहाँकाे फर्म रहेकाे छ । सुरूवाति चरणमा नर्सरीका बिरुवा बिक्रि गर्न उहाँलाई अति कठिन परेकाे बताउनुहुन्छ । एक त माडी जस्ताे कृषि भुमिमा फलफुलका बिरुवा विक्रि गर्न चुनाैती रहेकाे र अर्काे तिर सजावटकाे लागि फुलका बिरुवा किन्ने प्रचलन भै नसकेकाे अवस्थामा नर्सरी सञ्चालन गर्नुपर्दा धेरै सङ्घर्ष गर्नुपरेकाे हाे ।
माडीसंगै छिमेकका जिल्लाहरू नवलपुर र धादिङसम्म व्यवसायिक क्षेत्र बनाउनुभएका माडी-५ ढिकुरबारीका अशाेक लामिछाने १ दशककाे अनवरत लगावले ११ लाख बराबरकाे लगानी गरेर व्यवसायमा धैर्यता कायम गर्न सक्नुपर्छ भन्ने ज्वलन्त उदाहरण बन्नुभएकाे छ ।
(कलमि गरिएका फलफुलका बिरुवा, घर, गार्डेन र अफिस सजावटका लागि उहाँकाे नं. 9745239172 मा सम्पर्क गर्नुहाेला ।)