माडीको पुर्बी क्षेत्रमा नेटवर्कको समस्याका कारण स्थानीयहरु मोबाइल फोन तथा अन्य संचारका सेवाबाट बन्चित हुँदै आएका छन् ।
Advertisement
माडी – ९ स्थित गोबिन्दबस्ती हुँदै प्याउली र कुसुमखोलाका नागरिकहरुले नेटवर्ककाे समस्या भोग्न बाध्य छन् ।
प्याउलीका स्थानीय बिकास प्रजाका अनुसार, नेटवर्क नहुँदा फोन गर्न समेत प्याउलीदेखि बगही आएर फोनमा कुरा गर्नुपर्ने अवस्था रहेको र दुखी बिरामी हुँदा समयमा नै एम्बुलेन्स समेत बोलाउन नसकिने बताउनुभयो ।
त्यस्तै बर्षातको समयमा झन् खोलानाला बढ्ने हुँदा फोन नलाग्ने समस्या मात्र नभई उचित किसिमको र दिगो बाटो निर्माण नभई खोलाको बाटो हिड्नुपर्ने हुँदा सुत्केरी महिला र बिरामीका लागि सबैभन्दा ठूलो पिडादायी र समयमा नै उपचार नपाउदा अकालमा नै ज्यान गुमाउनुपर्ने बाध्यता छ । #PRD800304