पारदर्शी अनलाइन प्रा.लि. द्धारा सञ्चालित पारदर्शी अनलाइन डट्कम् (https://www.pardarshionline.com) डिजिटल पत्रिकाकाे औपचारिक उद्घाटन र नियमित प्रकाशन सुरू भएकाे छ ।
माडी नगरपालिका–३ बसन्तपुरस्थित जक्सन क्याफेको सभाहलमा भएको सञ्चारकर्मी तथा सूचना प्रविधि विज्ञ सहितको अन्तरकृया कार्यक्रममा पारदर्शी अनलाइन डट्कमका अध्यक्ष अजित अधिकारीले pardarshionline.com काे समाचारकाे लिंक शेयर गरि औपचारिक उद्घाटन गर्नुभएकाे हाे । वेबसाइटकाे डिजाइन तथा निर्माण सम्पन्नकाे काम फाइन क्रियसन प्रा.लि. माडीका सञ्चालक ओम भण्डारिले गर्नुभएकाे हाे ।
वि.सं २०७९ साल चैत्र १५ गते दर्ता प्रकृया पूरा भई समाचार, अन्तरवार्ता प्रकाशन/प्रसारणको गरेको अनलाइनले छोटो समयमै माडीको सञ्चार क्षेत्रमा सक्रियता बढाएको हो । हाल यसमा माडीका ५ जना अनुभवि सञ्चारकर्मी, एकजना कार्यक्रम समन्वयकर्ता र दुइजना संरक्षक सहित ८ जना आवद्ध रहनुभएको छ । #PRD801022 #PardarshiOnline