• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, मङि्सर २४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. माडी सम्भावना चुनौती र संबाहक हो

  • ३. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ४. नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

  • ५. एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ८. हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

  • ९. निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

  • १०. थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

स्वदेशमा सम्भावना खोज्दै प्रतीक्षा


  •   आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
  • सबै युवाको रोजाइ बिदेश हुँदै गर्दा तर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उदेश्यले भरतपुर १० स्थित सिर्जना चोक निवासी प्रतीक्षा आचार्यले भरतपुर १२ स्थित मालपोत चोकमा H20 जुस एण्ड स्मूथी क्याफे संचालन गर्दै आउनुभएको छ ।

    Advertisement

    ब्याचलरसम्म अध्ययन गर्नुभएकी आचार्य विवाह पश्चात् व्यवसाय थालनी गर्नुभएको हो । उहाँका श्रीमानले समेत स्वदेशमा नै जागीर गर्नुहुन्छ । सानै उमेरदेखि जिज्ञासु र चञ्चले स्वभावकी आचार्य पढाईमा समेत उत्तिकै रुचि राख्नुहुन्छ ।

    शुन्दर आफ्नो देशमा अनेकौं सम्भावना भएको भन्दै आचार्यले स्रोत र साधनको अभावमा थुप्रै सम्भावनाहरु अधुरै रहेको उहाँको भनाइ छ । स्वदेशप्रति उहाँको मोह, माया अनि सम्भावनालाई समेटेर उहाँसंग गरिएको कुराकानी 

    यहाँलाई हार्दिक स्वागत छ, पारदर्शी अनलाइन डटकममा ?

    धन्यवाद अजित जि !

    आराम हुनुहुन्छ ?

    आराम छु ।

    आजभोलि के काममा व्यस्त हुनुहुन्छ ?

    भरखर भरखर व्यवसाय संचालन गरेको छु । अहिले यसैमा व्यस्त छु ।

    यहाँमा कसरी आयो व्यवसाय गर्ने सोच ?

    मलाई बिदेश भन्दापनि स्वदेशमा केही गर्नुपर्छ भन्ने मेरो पहिलेदेखिकै सोच हो । स्वदेशमा नै केही गरौं भन्ने दृढ संकल्पका साथ सानो व्यवसाय संचालन गरेको हुँ । हेरौं अब कहिलेसम्म व्यवसायलाई निरन्तरता दिन सकिन्छ तबसम्म व्यवसायमा आबद्ध रहनेछु । मलाई लाग्यो यति धेरै मानिसहरू धन कमाउन बिरानो मुलुक जादै गर्दा पक्कै त्यहाँपनि मेहनत त गर्नुपर्छ । त्यसै बिदेश गएकै भरमा कमाई हुने त होइन, कमाई हुन राम्रो काम पाउनुपर्यो बरु त्यहाँ भन्दा आफ्नै देशमा घरपरिवारसंगै बसेर घरमा मिठोमसिनो जे पाक्छ त्यही खाएर व्यवसाय गरौं प्रतिफल एकदिन पक्कै मिल्छ भनेरपनि म आफ्नै देशमा बस्ने मेरो चाहना हो । मानिसका हरेक सपनाहरू हुन्छन् । सबैका एउटै र उस्तै चाहना हुन्छन् भन्नेपनि त छैन नि । हो धेरै म जस्ता युवाहरू बिदेश जानुभएको छ । तर हाम्रो देशमा सम्भावना नभएर त होइन । तर सम्भावनाको खोजी नहुँदा तपाईं हामी जस्ता युवाहरु आज पराईको देशमा जानुपरेको हो । सरकारले स्वदेशमा उद्योगधन्दा तथा कलकारखाना खोल्ने र भएका कलकारखानाको संरक्षण गर्ने हो भने त आज यतिका मानिसहरु बिदेश जानुपर्ने अवस्था पक्कै आउने थिएन । र आम युवाहरुलाईपनि स्वदेशमा नै केही गरौं भन्ने सुझाव दिन चाहन्छु ।

    कस्तो चल्दै छ त, व्यवसाय ?

    भरखर मात्र संचालन भएकाले ठिकठिकै चलेको छ । किनभने भरखर सुरुवात भएकाले व्यापार राम्रै चलेको मान्नुपर्छ । आशा छ, पछि बिस्तारै व्यवसाय राम्रो हुँदै जाला जस्तो लाग्छ ।

    कत्तिको सन्तुष्ट हुनुहुन्छ व्यवसायमा ?

    आफ्नो उदेश्य प्राप्तिका लागि ज्यादै ठूलो संघर्ष त गर्नुपर्छ । त्यसैले यो एउटा प्रयास हो, अहिले प्रतिस्पर्धाको जमाना छ । तरपनि जसोतसो व्यवसायलाई निरन्तरता दिने योजना छ । जेहोस् भरखरै सुरुवात गरेको व्यवसाय भएकाले सन्तुष्ट नै छु ।

    व्यवसाय गर्दै गर्दा यो क्षेत्रमा कत्तिको चुनौती लाग्यो ?

    अजित जि ! निश्चयी नै व्यवसाय हो । व्यवसायमा सधैं एकनास कदापिपनि हुँदैन । कहिले घाटा त कहिले नाफा दुबै हुन्छ । कुनैपनि व्यवसायीले घाटा होस् भन्ने चाहनाले व्यवसाय गरेको हुँदैन । नाफा नै होस् प्रतिफल राम्रो होस् भन्ने नै ध्यय व्यवसायीको हुन्छ । बजार मूल्य, बजारको अवस्था, बजारीकरण, बजारमा बस्तु तथा सेवाको माग राम्रो होस् भन्ने त चाहना सबैको हुन्छ । आजको यो प्रतिस्पर्धाको समयमा समयको माग अनुसार चल्न गाह्रो छ । बैंक आदिको कारोबारले व्यापार व्यवसाय संचालन गर्नेलाई झनै गाह्रो हुन्छ । त्यसैले व्यवसायमा चुनौती छैन भन्न म सक्दिन । किनभने व्यवसायीहरु घाटा, नोक्सानी सबै सहन बाध्य हुनुपर्छ ।

    राज्यले युवाहरुका लागि कस्तो नीति ल्याउनुपर्ला के लाग्छ यहाँलाई आफ्नो बिचार राखिदिनुस् न ?

    अजित जि, राज्यले गर्नुपर्ने कामहरु धेरै छन् । हामी व्यवसायी र युवाहरुका लागि तर देशमा बढ्दो महँगी छ । यो बेला युवाहरु स्वदेशमा चाहेरपनि व्यवसाय संचालन गर्न सक्ने अबस्था अहिले छैन । कोरोना कहरपछि सुस्ताएको हाम्रो अर्थतन्त्र अझै लयमा आउन सकेको छैन । हामी सम्भावनाका कुरा गर्छौं तर त्यसको खोजी र प्रयोग गर्ने यन्त्र उपकरण हामीसंग छैन । जता हेर्यो उतै समस्या मात्रै छ । समस्याभित्र रुमलिएर बाँच्नुपर्ने हाम्रो बाध्यता छ । कृषि, पशुपालन, दुग्ध, माछा तथा मौरीपालन यी आदि सबै व्यवसायमा पनि खडेरी छ । त्यसैले सर्वप्रथ त, राज्यले युवाहरुका लागि किताबी ज्ञान मात्र नभई प्रविधियुक्त शिक्षा प्रदान गर्नुपर्छ । विद्यार्थीहरुका लागि पढ्दै कमाउदै पढ्न मिल्ने शिक्षा प्रदान गर्नुपर्छ । शिक्षा व्यबहारिक र सैद्धान्तिक हुनुपर्छ । सहुलियतपूर्ण ऋणको व्यवस्था राज्यले गर्नुपर्छ । स्रोत र साधनको परिचालन, बजारीकरण, बजार मूल्यमा एकरुपता आदि गराउन सक्नुपर्छ ।

    यहाँको पसलको नाम के हो ?

    H20 जुस एण्ड स्मूथी क्याफे

    यो कहाँ छ ?

    हाम्रै भरतपुर १२ स्थित मालपोत चोकमा छ ।

    केके सेवाहरु दिदै आउनुभएको छ ?

    हामीकहाँ विभिन्न प्रकारका फलफूलबाट ग्राहकको चाहना अनुसार जुस तयार गरिनुका साथै विभिन्न किसिमका चिया कफी समेत पाइन्छ । ग्राहकको रोजाइ अनुसारका विभिन्न जुस तथा चिया कफी सस्तो र सर्वसुलभ मूल्यमा पाइने हुँदा पसलमा ग्राहकको आकर्षण समेत बढ्दै गएको छ । हाम्रो H2O जुस एण्ड स्मूथी क्याफेमा विभिन्न प्रकारका फलफूलहरु स्याउ, सुन्तला, लिची, भूइकठहर, उखु, आँप, अनार, अम्बा, स्टेबरी, अङ्गुर, नरिवल पानी तथा विभिन्न फलफूल मिसाई तयार गरिएका जुसहरु पाइनुका साथै (स्टवेरी, चकलेट बटर, कोको पाउडर, केरा, दुध र मुस्लीको साथ टोपिंग्स, चोकोस, नट, चियासीड र फलफूलहरू) समेतको स्मुथी वाउल उपलब्ध हुनका साथै विभिन्न स्वादहरुका ववल टी पनि उपलब्ध छन् । यसैगरी मह र दालचीनीसंग तातो लेमोनेड, कागती कालो चिया, ब्ल्यक कफी, दूध कफी, मसाला दूध चिया तथा बेकरी आईटम (कुकिज, डोनट, कप केक, क्रमरोल, स्यान्डविज) समेत सस्तो र सर्वसुलभ मूल्यमा पाइन्छ ।

    यहाँले कतिको लागतमा व्यवसाय संचालन गर्नुभएको हो ?

    मैले १० लाख लगानी गरेर सो व्यबसाय गरेकी हुँ ।

    अन्त्यमा के भन्न चाहनुहुन्छ ?

    सर्वप्रथम त, पहिला हजुर र हजुरको लोकप्रिय मिडिया पारदर्शी अनलाइनलाई म धेरैधेरै धन्यवाद दिन चाहन्छु । हामी जस्ता युवाहरुलाई स्वदेशमा सम्भावना छ भन्नको लागि हामी जस्ता युवाहरुलाई प्रेरणा दिनको लागि हाम्रो अनुभव, भोगाइ र सम्भावना आदिलाई आम जनता समक्ष पुराउन यहाँले अन्तर सम्वाद कार्यक्रममा मलाई स्थान दिनुभएकोमा म यहाँलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।

    हस् हाम्रो प्रश्नमा आफ्नो अमुल्य बिचार राखिदिनु भएकोमा यहाँलाई फेरिपनि धन्यवाद !

    हस् यहाँलाईपनि धन्यवाद !

     

      आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      माडी सम्भावना चुनौती र संबाहक हो
      नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार
      रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र
      शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र
      जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 
      बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता र सम्भावित राजनीतिक यात्रा

      लोकप्रिय

      • १.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ४.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ५.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      • ६.
        माडी सम्भावना चुनौती र संबाहक हो

      भर्खरै

      • १.
        थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

      • २.
        भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

      • ३.
        भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

      • ४.
        नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

      • ५.
        एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

      • ६.
        अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

      • ७.
        जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

      • ८.
        निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.