माडी नगरपालिका कार्यपालिकाकाे १६ औं बैठकले बगहीं प्याउली कुसुमखोला, हनुमानकुला हुँदै ठोरी जाने बाटो निर्माण नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेकाे छ ।
Advertisement
आज जेष्ठ १७ गते भएकाे कार्यपालिका बैठकका छलफल तथा प्रस्तावमाथि निर्णय गर्दै भरतपुर- माडी- ठोरी हुलाकी सडक सरकारले स्तरोन्नति वा कालोपत्रे गरिसकेको अवस्थामा बगहीं प्याउली कुसुमखोला, हनुमानझुला हुँदै ठोरी जाने गरी बाटो निर्माण गर्दा राष्ट्रिय निकुञ्जको कोर क्षेत्र नपर्ने र दुरी कम पर्ने हुँदा वन तथा वातावरण मन्त्रालयले दिएको ईजाजत अनुसार नै बाटो निर्माण गर्नका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय भएकाे हाे । #PRD800217