माडीको एकमात्र बगहि बसपार्कको स्तरोन्नती गर्नुपर्ने देखिएको छ । बगहि बसपार्क स्तरोन्नती नहुँदा वर्षातको समयमा पानी जम्ने र हिलाम्य हुँदा सास्ती खेप्नुपरेको सवारी चालहरुको गुनासो रहेको छ ।
बसपार्क क्षेत्रमा सौचालयको समेत अभाव देखिएको छ । बसपार्कलाइ पक्कि बनाउन नसकेपनि ग्राबेल हालेर स्तरोन्नती गर्नसके वर्षातको समयमा ३० देखि ३५ वटा गाडीलाइ पार्किङ गर्न सहज हुने सवारी चालक मानबहादुर तामाङले जनाउनुभयो । उहाँका अनुसार सौचालयको अभाव हुँदा चालकहरु झाडी खोज्दै जानुपर्ने बाध्यता समेत रहेको छ ।
माडी नगरपालिका र वडा नं ९ को कार्यालयले यस विषयमा व्यवास्ता गरेको चालकहरुको चालहरुले गुनासो गरेका छन् । #PRD800508
Advertisement