माडीकाे बरूवामा आजबाट २९औं स्टार कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
Advertisement
स्टार स्पोर्ट क्लब, बरुवाको आयोजनामा माडी-१ बरूवाकाे खेलमैदानमा सुरूभएकाे खेलकाे उद्घाटन रेफ्रिलाई बल हस्तान्तरण गरि नारायणी सामुदायिक हस्पिटलका कार्यकारी अध्यक्ष डाक्टर भक्तमान श्रेष्ठले गर्नुभएको हो ।
त्यस्तै, आज भएकाे उद्घाटन खेलमा बसन्तपुर युनाइटेड क्लब माडीलाई ३-० ले पराजित गरि
प्याराडाइज युवा क्लब रत्ननगर बिजयी भएकाे छ । खेलकाे म्यान अफ द म्याच प्याराडाइज युवा क्लब रत्ननगरका आकाश थापामगर घोषित हुनुभयो ।
प्रतियोगिता अन्तर्गत भोलि वुधबार दिउसो ३ बजे ग्रिनल्याण्ड युवा क्लब कृष्णनगर, माडी र सुर्यपुर फुटबल क्लब, कालिका, भिड्नेछन् ।
प्रतियोगिताको विजेताले नगद रु. २ लाख र उपविजेताले नगद रू १ लाख सहित शिल्ड, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् ।







