माडी-६, स्याउलिबासका ६४ वर्षिय नुनबिर विश्वकर्मा २०७८ साल पाैष महिनामा माडीबाट कास्कि साइकल यात्रा गरेर माडीकाे पर्यटन प्रवर्द्दनकाे लागि अभियान सुरू गर्नुभएकाे हाे ।
कास्किकाे रूपाताल, तालचाेक, रिठ्ठेपानी, माछापुच्छ्रे गाउँपालिका र बेनीकाे नयाँपुलसम्म साइकलमै यात्रा गरेर उहाँले माडीकाे प्रचारप्रसारकाे लागि नयाँ अभियान सुरू गर्नुभएकाे हाे । माडीबाट पाेखरासम्म पुग्दा करिब ७ घण्टा लागेकाे उहाँले बताउनुभयाे ।
माडी नगरपालिका वडा नं. ६ बाट सिफारिस पत्र सहित श्रावण पहिलाे साताबाट अब साइकलमै मुस्ताङकाे यात्रा गर्ने उहाँकाे तयारी छ ।
साइकलमा नेपालकाे झण्डा र माडीकाे पहिचान दिलाउने ब्यानर सहित उहाँकाे यात्रा सुरू हुँदैछ । वडा र नगरले यात्राकाे लागि आवश्यक खर्च जुटाइदिए देशव्यापी अभियानमा माडीकाे प्रचारप्रसार गर्ने उहाँकाे साेच रहेकाे छ । #PRD800321 #CycleCampaign
(उहाँकाे सम्पर्क नम्बर: 9811103461)