चितवन क्षेत्र नम्बर- ३ का प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री बिक्रम पाण्डेले माडीमा अलपत्र परेका पुल तथा सडक निर्माण तत्काल सुचारू गर्न ध्यानाकर्षण गराउनुभएकाे छ ।
Advertisement
प्रतिनिधि सभाकाे बैठकमा बाेल्दै पाण्डेले देवेन्द्रपुर देखि बगहि सम्मकाे सडक निर्माणलाई तिब्रता दिन र चितवन राष्ट्रिय निकुञ्ज भित्रकाे कसरा देखि बनकट्टा भित्रकाे सडक निर्माण गर्न जरूरी रहेकाे बताउनुभएकाे हाे ।
बर्षातमा आउने बाढिले बिरामी तथा सुत्केरी महिलाहरूले कष्ट भाेग्नुपरेकाे र स्थानियले समेत वर्षातकाे समयमा जीवन जाेखिममा राख्नुपरेकाे भन्दै अधुरा पुल निर्माण गर्न तर्फ सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
#PRD800330