करिब डेढ कराेड लागतमा बनेकाे माडी नगरपालिका-४, सितलपुरस्थित एकता स्तम्भ आन्तरिक तथा बाह्य पर्यटकहरूकाे महत्वपूर्ण गन्तव्य बन्न सक्छ ।
५५ फिट अग्लो एकता स्तम्भ रहेकाे साे ठाउँमा करिब २५ कठ्ठा क्षेत्रफल समेटेर पर्खाल निर्माण गरिएकाे छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पार्क निर्माणको परियोजना समेत अगाडि बढेको छ।
एकता स्तम्भका निर्माणका लागि आर्थिक बर्ष २०७६/०७७ मा बागमती प्रदेश सरकारद्वारा विनियाेजित ५० लाख, त्यसलाई व्यवस्थित गर्न भनि आर्थिक वर्ष २०७७/०७८ मा थप २५ लाख रुपैँया बिनियोजन भएकाे थियाे ।
त्यस्तै, एकता स्तम्भ परिसरमा पर्खाल निर्माणकाे लागि
बागमती प्रदेश सरकारकाे शहरी विकास तथा भवन कार्यालय हेटौंडाले करीब ४५ लाख र पछि र पछि थप २० लाख लागत सहयोग गरेकाे एकता स्तम्भ निर्माण समितिका अध्यक्ष टिकाराम पाैडेलले जनाउनुभयाे ।
तर, माडीकाे महत्वपूर्ण पर्यटकिय गन्तब्य स्थलकाे रूपमा परिचित एकता स्तम्भले प्रचुर सम्भावना बाेकेपनि साेचेअनुरूप पर्यटक भने भित्रिएका छैनन् । याेजना अनुरूप यसलाई थप व्यवस्थित गरि बाह्य पर्यटक भित्र्याउन सके सार्थकता पाउने थियाे ।
#PRD800404 #EktaStambha