माडी नगरपालिकाले विभिन्न योजना अलपत्र पार्ने निर्माण व्यवसायी संगकाे ठेक्का ताेड्ने तयारी थालेकाे छ ।
Advertisement
निर्माण व्यवसायीहरुले तोकिएको मितिमा कार्य सम्पन्न नगरेको, पटक पटक मौखिकरूपमा जानकारी र ताकेता गराउँदा अटेरी गरेको र कार्य सम्पन्न गर्नका लागि विभिन्न मितिमा कार्यालयबाट पत्राचार हुँदा समेत वेवास्ता गरेकाे भन्दै ७ दिन भित्र चित्तबुझ्दो जवाफ पेश गर्न सुचित गरेकाे छ । स्पष्ट कारण नखुलेमा कानून बमोजिमको कारवाही हुने नगरपालिकाले एक पत्रिकामा सूचना जारी गर्दै जनाएकाे हाे ।
माडीकाे पाठक कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि., भरतपुरकाे इच्छाकामना निर्माण सेवा, जस्ना कन्स्ट्रक्सन प्रा.लि. र दाङकाे भवानी निर्माण सेवा कम्पनीले माडीका विभिन्न सडकहरू अलपत्र पारेकाे भन्दै नगरपालिकाले कारबाहिकाे प्रक्रिया थालेकाे हाे । #PRD800405