माडी नगरपालिका -३ रतनि र सिमरा जाेड्ने झाेलुङ्गे पुलकाे काम सुस्त हुँदा दाेस्राे पटककाे समयसिमा समेत टर्ने सम्भावना देखिएकाे छ ।
सस्पेन्सन ब्रिज डिभिजनले २०७८ मंसिरबाट निर्माण सुरु गरेको सो झोलुंगे पुल पेट्टि ठेकदारले काम छाेडेपछि अलपत्र परेकाे थियाे । दाेस्राे पटककाे म्याद २०८० असाेज मसान्तसम्म रहेपनि हालसम्म २५% कामसमेत हुन सकेकाे छैन ।
माडी नगरपालिकाकाे नगरप्रमुख ताराकुमारी काजी महताेले २ महिनाअघि स्थलगत निरिक्षण गरेतापनि निरिक्षणकाे कुनै उपलब्धि भने देखिदैन ।
झाेलुङ्गेपुल निर्माणमा कार्यरत कामदारहरूका अनुसार ठेकेदारले निर्माण सामाग्री उपलब्ध नगराउँदा काममा ढिलासुस्ती भएकाे हाे । निर्माण सामाग्रि जुटेमा दशैं या तिहारसम्म काम सम्पन्न गर्न सकिने कामदारहरूकाे भनाइ रहेकाे छ ।
करिब २ कराेड ४५ लाख लागतमा बन्न लागेकाे साे पुल २३० मिटर लम्बाई र ३ फिट चाैडाइकाे हुने कम्पनिका सुपरभाइजर सन्देश पाेख्रेलले जनाएका छन् ।
(पारदर्शी अनलाइनमा प्रकाशित जुनसुकै सामाग्रिहरू अन्य माध्यम/मिडियाबाट प्रकाशन, प्रसारणकाे लागि खुला गरिएकाे छ ।) #PRD800420 #Jholungepool