माडी – ४ सितलपुरकि गीता भनेर चिनिनुहुने राममाया नेपाली सम्पर्कविहिन भएको ३२ वर्षपछि भेटिनुभएको छ ।
वि.सं २०४७ सालमा उहाँको परिवारले १४ वर्षको उमेरमा पुर्वी चितवन विवाह गरेर पठाएको थियो । पारिवारीक बेमेल भएपछि उहाँ विवाह भएको केहि वर्षमा घर छोडेर निस्कनुभएको थियो । सिन्धुपाल्चोक फटकशिला भन्ने स्थानमा दोस्रो विवाह गरेर जानुभएकि गीता नेपाली त्यसपछि परिवारको सम्पर्कमा आउन सक्नुभएन ।
सिन्धुपाल्चोकको ग्रामिण भेगमा ज्याला मजदुरी र दु:ख कष्ट भोग्दै जिवन व्यतीत गर्नुभएकि उहाँले माइतीको सम्पर्कमा आउन नसक्दा परिवारमा शोक छाएको थियो । विरामी भएपछि उहाँको एकमात्र छोरी निर्मलाले उपचारको लागि काठमाण्डौ ल्याउनुभयो । काठमाण्डौमा उहाँकोे चितवन टाँडीका चिनजानका व्यक्तीहरुसंग भेट भएपछि सोधपुक्ष गर्ने क्रममा माडीको सितलपुरस्थित उहाँको माइतिघरमा खबर पुगेकाे हाे ।
विवाह गरेर पठाएको झण्डै ३२ वर्षपछि आफ्नो बहिनी सम्पर्कमा आएपछि दाजु गोरे नेपाली र भाउजु मिना नेपाली सिन्धुपाल्चोकको फटकशिला पुगि यहि असोज पहिलो साता आफ्नो बहिनीलाई माइती फर्काउन सफल हुनुभएको छ ।
पारदर्शी अनलाइनको टोली माडी ४ सितलपुरस्थित गोरे नेपालीको घरमै पुगि घटनाको विस्तृत विवरण सहित तयार पारेको भिडियो सामाग्रि । #PRD800611