माडी नगरपालिका – ३ रतनी र सिमरा जोड्ने रिउ खोलामा बन्न लागेको २३० मिटरको झोलुङगे पुल २ वर्षमा पनि दोस्रो पटक थपिएको म्याद सकिएको छ ।
Advertisement
सस्पेन्सन ब्रिज डिभिजनले २०७८ मंसिरबाट निर्माण सुरु गरेको सो झोलुंगे पुल दोस्रो पटकको म्याद २०८० असोज मसान्तसम्म रहेको थियो । करिब २ करोड ४५ लाख लागतमा बन्न लागेको सो पुल २३० मिटर लम्बाई र ३ फिट चौडाइको हुने कम्पनिका सुपरभाइजर सन्देश पोख्रेलले जनाएका छन् ।
माडी –३ का करिब १०० घरधुरी सिमाराबासिलाई वर्षातको समयमा एम्बुलेन्स, खाद्यन्नको गाडी, ट्याक्टर लगायतका चारचक्के गाडी वारपार गर्न पक्की पुल आवश्यक परेपनि झोलुङ्गे पुल निमार्ण गर्न लागिएको हो ।