राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरीक बचाउ महाअभियान, नेपालको आज माडी नगर कमिटी कार्यालय माडी–३ बसन्तपुर झिलिमिली मार्केटमा उद्घाटन भएको छ ।अभियानका जिल्ला अध्यक्ष मेगराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नागरिक बचाउ महाअभियानकि माडी नगर कमीटि अध्यक्ष कौषिला चौधरीको अध्यक्षता रहेको थियो ।
Advertisement
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनुभएका पौडेलले देशको वर्तमान राज्यसत्ता प्रणाली नै खराब रहेकोले देशमा लुटतन्त्र, भ्रष्टाचार र अनियमितता मौलाएको बताउनुभयो । गरिब, विपन्न तथा पिछडिएको वर्गलाई बैंक तथा लघुवित्तले ढाड सेक्ने काम गरेको भन्दै उहाँले जनतालाई मर्न वाध्य तुल्याउने शासक वर्र्गलाई वहिष्कार गर्नुपर्ने जिकिर गर्नुभयो ।
नागरीक बचाउ महाअभियानले अब जनतालाई मुक्ती दिलाउने भन्दै पौडेलले अभियानलाई पुर्ण साथ दिन सबैमा आग्रह समेत गर्नुभयो ।